काठमाडौँ, १४ वैशाख । आगलागी सम्बन्धी विपदको घटनाको आँकडा हेर्दा बितेको ३ वर्षमा घर तथा जङ्गलमा लागेको आगोबाट ३ सय २४ जनाले ज्यान गुमाएका छन् । २०७८ वैशाख १ गतेदेखि २०८० चैत ३० गतेसम्मको आँकडा हेर्दा व्यक्तिका घरमा आगलागी भएका ९ हजार ४४४ घटनामा ३०९ जनाले ज्यान गुमाएका छन् भने १ हजार २७५ जना घाइते भएका छन् ।
उक्त घटनाबाट ११ हजार ७०५ परिवार प्रभावित हुँदा २ हजार ८०८ घर पूर्ण रुपमा क्षति, १ हजार ८१८ घर आंशिक क्षति, २ हजार २१७ गोठ र ५ हजार २०२ पशु चौपायामा क्षति पुगेको थियो । जसमा ७ अर्ब, ३० करोड, ६२ लाख, ७५ हजार ५४१ रुपैयाँ बराबरको आर्थिक क्षति भएको थियो ।यसै गरी ३ वर्षको अवधिमा वनमा लागेको डढेलोमा परी १५ जनाले ज्यानको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन् ।
जसमा २०९ परिवार प्रभावित, ७६ घर पूर्ण क्षति, ३३ घर आंशिक क्षति र ६८ गोठमा क्षति हुँदा १५५ पशुचौपाया नष्ट भए । जसबाट १ करोड १४ लाख २४ हजार ४ सय रुपैयाँ बराबरको क्षति भएको थियो । यो अवधिमा सबैभन्दा बढी प्रभावित ओखलढुङ्गा जिल्लामा ८७ वटा घटना भएको थियो भने सबैभन्दा धेरै डोल्पामा ६ जनाको डढेलोबाट मृत्यु भएको थियो ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।