तुलसीपुर, १४ बैशाख । पश्चिम दाङमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान घर भई अहिले दाङको शान्तिनगर गाउँपालिका–५ स्थित आफन्तको घरमा बस्दै आएका अन्दाजी ८० वर्षीय शम्सेर थापा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभएको छ । यस्तै दुर्घटनामा परी अन्य दुईजना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक बबई गाउँपालिका–३ का २८ वर्षीय कमल विक र पछाडी सवार बाँकेको राप्ती सोनारीका ३० वर्षीय प्रकाश रसाइली रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तुलसीपुरबाट पश्चिमतर्फ जादै गरेको रा ५ प ९३२८ नम्बरको मोटरसाइकलले शान्तिनगर गाउँपालिका–५ खैरेनी नजिकै हिजो बिहिबार बेलुका साढे ६ बजेको समयमा पैदल हिडिरहेका थापालाई ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका दुईजना मध्य प्रकास रसाइलीको अवस्था गम्भिर रहेकाले थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।