२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरमा कार र मोटरसाइकल ठोक्किए, पैदलयात्रीसहित ३ जना घाइते

तुलसीपुर, ११ बैशाख ।  दाङको तुलसीपुरमा कार र मोटरसाइकल ठोक्किदा पैदलयात्रीसहित ३ जना घाइते छन् । घाइते हुनेमा तुलसीपुर–६ का २२ वर्षीय समिर थापा, तुलसीपुर–५ का २० वर्षीय गणेश बुढाथोकी र सोही ठाउँ निवासी पैदलयात्री १८ वर्षीय प्र्रतिभा वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार घोराहीबाट तुलसीपुर तर्फ आउदै गरेको बा.प्र. ०१०२६ च ४३२२ नम्बरको कार तुलसीपुरबाट घोराही तर्फ जादै गरेको रा ३ प ९८६ नम्बरको मोटरसाइकल तुलसीपुर–६ गुल्मचोक नजिकै आज मंगलबार दिउँसो सवा २ बजेको समयमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भिर घाइते भएका तिनैजनाको राप्ती प्र्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ बैशाख ११ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।