काठमाण्डौ, ११ बैशाख । सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने एकै परिवारका चार जना घाइते भएका छन् । प्रहरीका अनुसार गएराति बरहथवा नगरपालिका–१५ मा रहेको नहरको बाटोमा ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा १७ वर्षका राजकुमार सिंहको ज्यान गएको र अरु घाइते चार जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै, चितवनमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । हिजो बेलुका भरतपुर महानगरपालिका–३ बेलचोकमा मोटरसाइकलले साइकललाई ठक्कर दिदा घाइते भएका साइकलयात्री भरतपुर महानगरपालिका–११ गणेशस्थानका ६० वर्षीय कुमार गुरुङको चितवन मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिनुभयो ।।
प्रकाशित मिति : २०८१ बैशाख ११ गते मङ्गलवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।