२०८३ कार्तिक ११ गते बुधवार

मोटरसाइकल दुर्घटनामा परी दाङका एक जनाको मृत्यु

काठमाडौँ, ८ बैशाख ।  प्युठानमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–१५ का २७ वर्षीय बिमल डाँगी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । प्रहरीका अनुसार घोराहीबाट प्युठानतर्फ जाँदै गरेको रा ५ प १५२८ नम्बरको मोटरसाइकल माण्डवी गाउँपालिका–१ मुर्कुटी चौरस्थित सडकमा आफै अनियन्त्रित भएर आज शनिबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा परी घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनालाई थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको छ । घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ बैशाख ८ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।