२०८३ कार्तिक ११ गते बुधवार

दिनदहाडै खुडा प्रहार गर्न खोज्ने एकजना पक्राउ

बाँके, ८ वैशाख ।  बाँकेको नेपालगन्जको राझा चोकमा दिनदहाडै खुडा प्रहार गर्न खोज्ने एक जनालाई प्रहरीले प्रकाउ गरेको छ । पक्राउ पर्नेमा खजुरा गाउपालिका–२ घर भएर राझा एयरपोर्ट नजिक बस्ने पवन कोइराला रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले जानकारी दिनुभयो ।

नेपालगन्ज उपमहानगरपालिका–२० स्थित राझा ऐयरपोर्ट चोकमा मोबाइल पसल चलाएर बसिरहेका पृथीबहादुर बुढालाई दिनदहाडै धारिलो हतियार खुडा प्रहार गर्न खोजेको आरोपमा उनलाई पक्राउ गरिएको प्र्रहरीले जनाएको छ । उनले आफ्नो ज्यानै लिने उद्देश्यका साथ खुडा प्रहार गर्न खोजेको भन्दै पिडित बुढाले आवस्यक छानबिन गरेर कार्वाहीको माग गर्नुभएको छ ।।

प्रकाशित मिति : २०८१ बैशाख ८ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।