काठमाण्डौ, ७ बैशाख । सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाको भीमेश्वर नगरपालिका–१ का १७ वर्षका शिव श्रेष्ठ, ७० वर्षका मानबहादुर थामी र १९ वर्षका दीपेन्द्र थामी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक डीएसपी निरञ्जन भट्टराईले जानकारी दिनुभयो ।
दुर्घटनामा बेहुलासहित ५२ जना घाइते भएका छन् । प्रहरीका अनुसार दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको जन्ती बस आज बिहान साढे ७ बजे त्रिपुरासुन्दरी गाउँपालिका–५ पिस्कर धारावतीमा दुर्घटना भएको हो । घाइतेमध्ये गम्भीर अवस्थाका चालकसहित सात जनाको सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८१ बैशाख ७ गते शुक्रवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।