तुलसीपुर, ३० चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत प्राप्त गर्नु भएको छ । आज शुक्रबार बसेको लुम्बिनी प्रदेशसभा बैठकमा मुख्यमन्त्री महराले ४८ सांसदको मत पाउनु भएको हो । मुख्यमन्त्री महरालाई एमालेका २९, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, एकीकृत समाजवादीका १ र स्वतन्त्र सांसद १ गरी ४८ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिनु भएको छ ।
मुख्यमन्त्री महराको विश्वासको मतको विपक्षमा कांग्रेसका २७ र जनमोर्चाका १ सांसद उभिएका थिए भने राप्रपा ४ र लोसपाका ३ सांसद बैठकमा अनुपस्थित थिए । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ प्रदेशसभा सदस्यको आवश्यकता पर्छ । माओवादी केन्द्रका संसदीय दलका नेता महरा ४८ जनाको समर्थनमा चैत २३ मा मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।।
प्रकाशित मिति : २०८० चैत्र ३० गते शुक्रवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।