काठमाण्डौ, १५ चैत । नेपाल भ्रमणमा रहेको आयरल्यान्डको ए टोली र नेपालको ए टोलीबीचको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खलाको पहिलो खेल रद्द भएको छ । वर्षाका कारण मैदान भिजेकाले खेल रद्द भएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जानकारी दिएको छ । वर्षाका कारण खेल प्रभावित भएसँगै खेलको तालिका परिवर्तन हुने क्यानले जनाएको छ । आयरल्यान्ड ए टोलीलाई आयरल्यान्ड उल्भ्स नाम दिइएको छ ।
नेपाल ए र आयरल्यान्ड ए टोलीले तीन खेलको टी–२० र तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला खेल्न लागेका हुन् । यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्यान्ड उल्भ्सबीचको दुई खेलको टी–२० क्रिकेट शृङ्खला नेपालले २–० ले जितेको थियो । नेपालले आयरल्यान्ड ए लाई पहिलो खेलमा ६ विकेट तथा दोस्रो खेलमा ७१ रनले हराएको थियो ।।
प्रकाशित मिति : २०८० चैत्र १५ गते बिहिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।