२०८३ कार्तिक १२ गते बिहिवार

तुलसिपुरमा मर्निङ वाकमा हिडेका युवा लुटिए

तुलसीपुर, १ चैत ।  दाङको तुलसीपुरमा मर्निङ वाकमा हिडेका युवा लुटिएका छन् । तुलसीपुर उपमहानगरपालिका १४ घर भई अहिले तुलसीपुर ६ डुम्रिगाँउमा बस्दै आएका निसान्त वस्नेत आज विहिवार विहान पौने ५ वजेतिर लुटिएका हुन् । उनी साथी विवेक भण्डारीसँग मर्निङ वाकमा हिडेको बेला विहानै तुलसीपुरको बाहिनी चोक नजिकैबाट लुटिएको बताइएको छ । आफुहरु हिडिरहेको बेला एक्कासी हातारमा दुई जना युवा आएर समस्या पर्यो फोन गर्नु छ मोवाईल दिनुन भने पछि आफुले मोवाइल दिएको तर मोबाईल दिएपछी चक्कु देखाएर उनीहरु भागेको पिडित निश्चल वस्नेतले बताउनुभयो ।

चोरीका वारेमा जानकारी दिन आफै ईलाका प्रहरी कार्यालय तुलसीपुरमा पुगेपनि प्रहरीले १० वजे पछि आउनु भनेपछि घर फर्किएको वस्नेतको भनाई छ । यता इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुर पोख्रेलले जाडो समयमा बिहानसम्म सुत्ने गरेका चोरहरु अब जाग्न थालेको बताउनुभएको छ । यस्ता गतिबिधिमा संलग्नहरुलाई अब कानुनी कारवाहीको दायारमा ल्याउने उहाँले बताउनुभयो ।।

प्रकाशित मिति : २०८० चैत्र १ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।