तुलसीपुर, २७ फागुन । दाङको लमही स्थित पुर्व पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ । सवारी दुर्घटनामा परि अटो चालक लमही नगरपालिका ७ कमानपुरका विष्णु बहादुर थापाको गत शुक्रबार सवारी दुर्घटनामा परी मृत्यु भएपछि पीडित परिवारले राजमार्ग बन्द गरेका हुन् ।
राजमार्ग अहिले पूर्णरूपमा ठप्प रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि जनक बहादुर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार राजमार्ग बन्द गरिएसंगै उक्त सडकखण्ड भएर ओहोर दोहोर गर्ने सवारी साधन बाटोमै रोकिएका छन् । दुर्घटनाको छानविन गरेर चालकलाई हदैसम्मको कानुनी कारबाही र मृतक व्यक्तिका परिवारलाई उचित क्षतिपुर्ती लगायतको माग राख्दै राजमार्ग अवरुद्ध गरेका हुन् । पिडित परिवारसँग जिल्ला प्रहरी कार्यालयमा सहमतीका लागि छलफल भइरहेको डिएसपि मल्लले बताउनुभयो ।
शुक्रबार दिउँसो लमही स्थित अर्जुनखोला पुलमा महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको प्र ३(०१०२२ च १७५७ नम्बर को स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेका रा १ ह ६९१२ नम्बको अटोलाई ठक्कर दिएको थियो । लगत्तै अटोको पछाडि रहेका रा २ प ५३८० नम्बरको मोटरसाइकल र रा ७ प ३५२६ नम्बरको स्कुटरसमेत ठेक्किएका थिए ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।