२०८३ मङ्सिर १० गते बिहिवार

आइडियल स्कुल सबैको भविष्य हो – मुख्यमन्त्री चौधरी 

तुलसीपुर, २६ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले तुलसीपुरमा रहेको आइडियल बोर्डिङ स्कुल सबैको भविष्य भएको बताउनु भएको छ । बोर्डिङ स्कुलको २४ औ वार्षिक उत्सवलाई शुक्रबार सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले आइडियल बोर्डिङ स्कुलमा पढेका विद्यार्थी जुनसुकै स्थानमा प्रतिस्पर्धा गरेपनि उत्कृष्टता हासिल गरेकाले यो सबैको भविष्य भएको दाबी गर्नुभयो ।

आफ्ना छोरा र छोरी यही स्कुलमा पढेको बताउँदै मुख्यमन्त्री चौधरीले आइडियल बोर्डिङ स्कुलमा पढ्ने विद्यार्थीको भविष्य उज्जल रहेको बताउनुभयो । ‘मेरो छोराले भनेको थियो ड्याडी आइडियल स्कुल जानुहोस् । धेरैचोटी भनेको थियो । किनकी आइडियल स्कुल यस्तो स्कुल हो सबैको भविष्य हो । धेरै बच्चाबच्चीले पढिरहेका छन् । अगाडि बढिरहेका छन् । शिक्षा पुरा नहुँदासम्म मानिस अधुरो हुन्छ । त्यसका लागि आइडियल स्कुल लागि परेको छ । म रेगु सरलाई पनि धन्यवाद दिनचाहन्छु । मलाई बोलाउनुभयो भेटघाट गर्ने मौका दिनुभयो ।’ मुख्यमन्त्री चौधरीले भन्नुभयो ।

त्यसैगरी उहाँले गरिबी हटाउने हतियार भनेको आफ्ना बच्चा बच्चीलाई पढाउनु एकमात्र उपाय भएको बताउनुभयो । सो अवसरमा विद्यार्थीहरूले विभिन्न भेषभुषा र  संस्कृति झल्किने नृत्यहरू प्रस्तुत गरेका थिए । कार्यक्रम सुरु हुनु अघि कक्षा ३ देखि १० कक्षासम्मका विद्यार्थीले इनार, माटोको भाँडा, हिटर, विद्यालयको पुरानो तथा नयाँ भवन, जेसीवी, पंखा, गणितीय हिसाव, नेपालको नक्शा लगायत पाकृतिक देखि इलेक्ट्रीकसम्म तयार पारिएका नमूनलाई प्रर्दशनीमा राखेका थिए भने त्यसको अवलोक अभिभावकहरुले गरेका थिए । 

प्रकाशित मिति : २०८० माघ २६ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।