२०८३ मङ्सिर १० गते बिहिवार

तुलसिपुरमा बलात्कारका घटना बढ्दै

तुलसीपुर, १५ कात्तिक । दाङको तुलसिपुरमा बलात्कारका घटना बढ्दै गएको प्रहरीको तथ्याङकले देखाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९÷०८० मा जवरजस्ती करणीको घटना ३३ वटा भएका थिए । यस्तै जवरजस्ती करणी उद्योगका ५ र बाल दुरुपयोगका ४ वटा घटना घटेको थियो । चालु आर्थिक वर्ष २०८०÷०८१ मा जवरजस्ती करणीको घटना १८, जवरजस्ती करणी उद्योगका ३ र बाल यौन दुरुपयोगका १ वटा घटना घटेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो । अघिलो वर्षको तुलनामा घटना बढ्दै गएको उहाँले बताउनुभयो । मान्छेको गलत मानसिकताका कारण यस्ता किसिमका घटनाहरु बढ्दै गएको बताउनु भयो । महिला हिंसाका घटना नियन्त्रण गर्न चेतनाको विकास गर्ने, अभिभावको निर्देशन र आत्मसुरक्षाका तालिम लिनुपर्ने प्रहरी निरिक्षक मल्लले बताउनुभयो । बलत्कार जन्य यौनहिंसाका घटना न्यूनिकरणमा प्रहरी, सरोकारवाला निकायले चासो देखाएपनि सोचे अनुसारको अझै न्यूनिकरण हुन नसकेको पाइएको छ ।।

प्रकाशित मिति : २०८० कार्तिक १५ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।