फाइल फोटो
तुलसीपुर, १२ असार । दाङको तुलसीपुर स्थित ग्वारखोला हाइड्याम्पका लागि लुम्बिनी प्रदेश सरकारले बजेट छुट्याएको छ । यस अघि पनि हाईड्याम्पका लागि बजेट छुट्याएको भएपनि काम अघि बढ्न सकेको छैन । प्रारम्भीक सर्वे भएपछि डीपीआर हुन नसक्दा त्यहाँ काम अघि बढ्न सकेको छैन । त्यहाँ हाईड्याम्प बनेमा १० हजार हेक्टर क्षेत्रफलमा सिंचाई गर्न सकिन्छ भने तुलसीपुरमा खानेपानी पनि प्रयाप्त हुने अनुमान गरिएको छ ।
सोही कुरालाई मध्यनजर गरि आफूले यस पटक बजेट बिनियोजन गरेको प्रदेशका आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले बताउनुभएको छ । उहाका अनुसार ग्वारखोला हाइड्याम्प, कपिलबस्तुको बाणगंगासहितका क्षेत्रमा १ करोड बिनियोजन भएको छ । आगामी आर्थिक बर्षका लागि उक्त बजेट बिनियोजन भएको हो ।
प्रकाशित मिति : २०८० असार १२ गते मङ्गलवार





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।