तुलसीपुर, ७ असार । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० को समग्र विकासका निम्ति लुम्बिनी प्रदेशबाट ३ करोड ८० लाख बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्ष २०८०÷०८१ को असार १ गते भएको बजेट भाषणमा उक्त मात्रामा रकम छुट्याइएको वडा नंबर १० का अध्यक्ष यमराज केसीले जानकारी दिनुभएको हो ।
वडा अध्यक्ष केसीका अनुसार पड्ढा खानेपानी उपभोक्ता समितिका लागि ५० लाख, बन्गै – घोर डबरा जोड्ने सडक विस्तारका लागि ५० लाख, नयाँगाउँ गोलौरि पडढा बाइपास रोड विस्तारका लागि ५० लाख, डिल्ली बजार हुँदै गोलौरी पड्ढा सिँचाइ कुलोका लागि रु ४० लाख, राईखलियान हुँदै सुकौरा जाने रोडका लागि रु ४० लाख, गोलौरी सानो गाउँ बाटोका लागि रु ३० लाख वजेट विनियोजन भएको छ । यस्तै मनैया डाँडा हुँदै वडा कार्यालय जोड्ने बाटोको लागि रु ३० लाख, गोलौरी खानेपानी विस्तारका लागि रु २५ लाख, मा . वि . पातु बनगाऊमा रु २० लाख, प्रा. वि . गौरिगाऊमा रु १५ लाख, ठूटी सोतामा कचवे निर्माणका लागि रु १५ लाख, बनगाऊ पातुखोलामा तटबन्ध निर्माणका लागि रु १५ लाख छुट्याइएको छ ।
साथै अध्यक्ष केसीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० को समग्र विकासका निम्ति पहलकदमी लिने तथा बजेट विनियोजन गर्नुहुने लुम्बिनी प्रदेशका अर्थ मन्त्री धन बहादुर मास्की, वजेट विनियोजनमा सहयोग गर्ने प्रदेश योजना आयोगका उपाध्यक्ष नहकुल केसी, अर्थ मन्त्री मास्कीका स्वकिय सचिव शम्भु रेग्मी, नन्दन सिंह रोका लगाएत सबैप्रति १० नंं वडाको तर्फबाट हार्दीक आभार तथा धन्यवाद प्रकट गर्नु भएको छ ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।