हात्तिपाईले रोग विरुद्धको औषधी खानुपर्छ

लक्ष्मण विश्वकर्मा,तुलसीपुर १० फागुन ।
हात्तिपाईले रोग विरुद्धको औषधी खान मिल्ने जति सवै मानिसले खाए मात्र रोगबाट बच्न सकिने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय दाङको हात्तिपाईले रोग निवारण कार्यक्रम अभियान अन्र्तगत तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य शाखाले आज पर्सेनीमा गरेकोे वडा नं. ४ स्तरिय एक दिने अभिमुखीकरण कार्यक्रममा सहभागी सरोकारवालाहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा हलवार स्वास्थ्य चौकीका ईन्चार्ज विमल केसीले हात्तिपाईले रोग विरुद्धको औषधी  खानुहुदैन भन्ने गलत मानसिकता अझै पनि समाजमा भएकाले त्यस्तो बुझाई नगर्न सवैमा आग्रह गरेका छन् । हात्तिपाईले रोग अन्य रोग जस्तै तत्कालै यसको लक्षण थाहा नहुने उनले बताएका छन् ।

वडा नं. ४ का वडा अध्यक्ष वालकृष्ण राणाको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर कार्यपालिका सदस्य डिला परियार, वडा सदस्यहरु सावित्रा रिजाल, जय बहादुर गिरी, प्रेम बहादुर डाँगी,गुरु जजुर माध्यामिक विद्यालय रक्षाचौरका शिक्षक गोपाल वुढाथोकी, जनश्रम माध्यामिक विद्यालय खाद्रेका प्रधानाध्यापक शालिकराम न्यौपाने, दिपज्योति आधारभुत विद्यालयका प्रधानाध्यापक भुप बहादुर केसी, सिद्धेश्वरी प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम पुन, जनज्योति प्राथमिक विद्यालयका अध्यक्ष रघुविर घर्ति,शसक्तिकरण महिला बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक लक्ष्मी शर्मा लगाएतले वोलेका थिए ।

कार्यक्रममा वडाका सरोकारवालाहरु व्यक्ति,विद्यालय,टोल विकास संस्था लगाएतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण तुलसीपुर स्वास्थ्य शाखाका उपसंयोजक बसन्त आचार्यले गरेका थिए । दाङमा यहि फागुन १२,१३ र १४ गते हात्तिपाईले रोग विरुद्धको औषधी खुवाईदै छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन १० गते बिहिवार
प्रतिक्रिया