२०८३ भाद्र २८ गते आइतवार

समाजसेवी खनाल र गिरीको सक्रियतामा प्रतिक्षालय निर्मान

२२ जेठ,तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका ७ डाँडापातुमा रहेको पुरानो टिनको टहरालाई धप्काएर शुरु देखी नै नयाँ पक्की प्रतिक्षालय निर्मान गरिएको छ । समाजसेवी तथा तुलसीपुर उपमहानगरपालिका ७ मा रहेको त्रैलोक्यनाथ शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डीराज खनाल र कोषाध्यक्ष अन गिरीको सक्रियतामा उक्त पक्की प्रतिक्षालय निर्मान गरिएको हो ।

बाटोमा हिड्ने वटुवा र यात्रुहरुलाई सहज होस् भन्ने उदेश्यले प्रतिक्षालयको निर्मान गरिएको कोषाध्यक्ष तथा शिव मन्दिरका पुजारी गिरिले बताउनु भयो । पहिले प्रहरी चेकपोष्ट हुँदा बनेको उक्त प्रतिक्षालय पछिल्लो समय जिर्ण हुँदै गएको र स्थानीय सरकारको पनि ध्यान नपुगेको भन्दै मानवीय सेवा नै धर्म हो भनेरे उक्त सार्वजनिक प्रतिक्षालय निर्माण गर्ने सोच आफुहरुमा आएको अध्यक्ष खनालले बताउनुभयो ।

दुई जनाको करिब ८० हजार रुपैंयाको लागतमा प्रतिक्षालय निर्मान गरिएको हो । आउँदो वर्ष देखि उक्त प्रतिक्षालयमा पिउने पानीको सुविधा र धर्मशालाको समेत व्यवस्था गर्ने आफुहरुको योजना रहेको अध्यक्ष खनालको भनाई छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २२ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।