घोराही सिमेन्टको शेयर सर्वसाधारणले खरिद गर्न पाउने

घोराही, १५ बैशाख । घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेडले स्थानीयका लागि शेयर विक्रि गर्ने भएको छ । बिसं २०६४ सालमा दर्ता भई वि.सं २०६९ साल देखि उत्पादन थालेको उद्योगले पहिलो पटक स्थानीयका लागि शेयर विक्रि गर्ने निर्णय गरेको हो ।

आफ्नै चुनढुंगा खानी मार्फत क्लिंकर उत्पादन गरि व्यावसायिक उत्पादन सुरु गरेको घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेडले घोराही–४ गोग्लीबाट सिमेन्ट तथा क्लिंकर उद्योगबाट सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ । यस उद्योगले आफ्ना उत्पादनहरुको उत्पादनका क्रममा प्रभावितहुने क्षेत्रहरु मध्ये दाङ जिल्लाको घोराही उप–महानगरपालिका वडा नं. १, २, ३, ४, १४, १५, १७, १८, १९ साथै दाङ जिल्ला, बंगलाचुली गा.पा. वडा नं. ३, ४ र रोल्पा जिल्ला त्रिवेणी गा.पा. वडा नं. ३, ४ का बासिन्दाहरुको निमित्त यस साधारण शेयर निष्काशन गरेको जनाएको छ ।

उद्योगले निष्काशन गर्न लागेको ७९ लाख ४३ हजार आठ सय एक कित्ता मध्ये सात लाख ५४ हजार छ सय ६१ कित्ता शेयरहरु स्थानीय बासिन्दाहरुका लागि विक्रि गर्न थालेको हो । कम्पनिले सर्वसाधारणका लागि तोकिएको मुल्य भन्दा ३५ रुपैया छुट गरी अंकित मूल्य एक सय रुपैयामा प्रिमियम बापत तीन सय रुपैया थप गरेर प्रति शेयर चार सयका दरले निष्काशन गर्न लागेको छ । आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुको लागि साधारण शेयरको बिक्री खुल्ला मिति २०८० साल बैशाख १९ गते देखि छिटोमा जेष्ठ ०२ गते सम्म र ढिलोमा जेठ १७ सम्म जारी गरीएको छ ।

दरखास्तका लागि विवरणपत्र र दरखास्त फारम घोराही उपमहानगरपालिकामा रहेको आफ्ना पाएक पर्ने बैंक तथा वित्तिय संस्थाबाट लिन सकिने कम्पनीले जनाएको छ । नेपालको उद्योगीकरण र व्यापार प्रवद्र्घनमा उल्लेखनीय योगदान पुर्याउँदै राष्ट्रको विकाशमा हातेमालो गर्ने लामो इतिहास बोकेका प्रख्यात त्रिवेणी समूह बाट प्रबर्धित घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेड, क्लिंकर उत्पादन क्षमता र सिमेन्ट उत्पादन क्षमताको आधारमा नेपालको प्रमुख दोश्रो उद्योग मध्ये पर्दछ । हाल कम्पनीले नेपालमा सगरमाथा सिमेन्ट अन्तर्गत क्लिंकर तथा ४३ र ५३ ग्रेडमा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन तथा बिक्रि वितरण बजारमा उपलब्ध गराँउदै आईरहेको छ ।

प्रकाशित मिति : २०८० बैशाख १५ गते शुक्रवार
प्रतिक्रिया