२०८३ मङ्सिर ९ गते बुधवार

तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुदा एकजना गम्भिर घाइते

तुलसीपुर, २० फागुन । दाङमा मोटरसाइकल दुर्घटना हुदा एकजना गम्भिर घाइते भएका छन । घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका १३ निवासी ४० वर्षीय थमन बोगटी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार तुलसीपुरदेखी बागर तर्फ जादै गरेको रा ७ प ५०३३ नम्बरको मोटरसाइकल तुलसीपुर २ बालापुर नजिकै अनियन्त्रीत भएर पल्टिदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भिर घाइते भएका बोगटीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी कोहलपुर रिफर गरीएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा चालक मात्रै सवार रहेको र मादक पदार्थ सेवन गरेका कारण दुर्घटना भएको प्रहरीको अनुमान रहेको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २० गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।