फागुन, १४ दाङ । दाङ जिल्ला स्तरीय १३ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ को उपाधि गोरखा मावि तुलसीपुरले जितेको छ । दाङ जिल्ला खेलकुद विकास समितिको आयोजना तथा युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधानमा सञ्चालित प्रतियोगितामा ७ स्वर्ण, ४ रजत र १ काश्य पदक हात पार्दै गोरखा तुलसिपुरले उपाधि जितेको हो । त्यस्तै ४ स्वर्ण, ७ रजत र १ कास्य पदकका साथ गोरखा मावि घोराही दोस्रो हुँदा बिपि मावि बयाले शान्तिनगर ४ स्वर्ण पदकका साथ तृतीय भयो । यसैबीच प्रतियोगिताको समापन समारोह दाङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राज कुमार पोख्रेल हमालको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य माननीय धन बहादुर मास्किको प्रमुख आतिथ्य एवं तुलसिपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का र सामाजिक विकास डिभिन कार्यालय तुलसिपुरका प्रमुख बेगम केसिको विशिष्ट आतिथ्यमा भएको थियो । सो अवसरमा सर्वोत्कृष्ट खेलाडी एथलेटिक्स छात्र जनप्रीय बोर्डिङ स्कुल बालापुरमा सुजल डागी,छात्रा तर्फ गोरखा मावि तुलसिपुरका करुणा रिजाल,भलिबल छात्रामा जयशेर माविका स्मृति पुनमगर, छात्रमा ज्ञानसिन्धुका हितेस राम्जाली, कबडीमा रोजि वर्डसका रोशन थापा, छात्रामा गुरुजजुर माविका बिजया महतरा,कराते छात्र बिपि माबी बयालेका कुमार चपाई, छात्रामा तुलसी आवासीयका मनिसा खड्का, तेक्वान्दो मा छात्रमा गोरखा माबी घोराहिका जस्मिन चौधरी,छात्रामा महेन्द्र माविका उमा पन्थी घोषित भए । विजेता खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतीथि, विशिष्ट अतिथि, अतिथी लगायत पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो । दाङ जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष ध्रुव आचार्यको स्वागत रहेको कार्यक्रमको सञ्चालन खेल पत्रकार लक्ष्मण बस्नेतले गर्नु भएको थियो ।
राष्ट्रपति रनिङ शिल्डको उपाधि गोरखा मावि तुलसीपुरलाई
प्रकाशित मिति : २०७९ फाल्गुन १४ गते आइतवार
प्रतिक्रिया