उत्तर कोरियाद्वारा ९०० किलोमिटर मार हान्न सक्ने क्षेप्यास्त्रको परीक्षण

बीबीसी ७ फागुन ।  उत्तर कोरियाले शनिवार “अप्रत्याशित“ अभ्यासका रूपमा एक अन्तर महादेशीय बलिस्टिक क्षेप्यास्त्र आईसीबीएम प्रहार गर्दै उक्त हतियारको विश्वसनीयता पुष्टि गरेको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका छन्। ६७ मिनेटसम्म उडेपछि ९०० भन्दा धेरै किलोमिटर पर ’सी अफ जापान’मा उक्त क्षेप्यास्त्रलाई खसालिएको थियो।

प्योङ्याङले उक्त परीक्षणमार्फत त्यस क्षेप्यास्त्र अमेरिका र दक्षिण कोरियाजस्ता विरोधी पक्षसँग जुझ्न सक्षम भएको देखाएको जनाएको छ। यो परीक्षण अर्को महिना वासिङ्टन र सोलबीच हुने संयुक्त अभ्यासहरूअघि भएको हो।

प्रकाशित मिति : २०७९ फाल्गुन ७ गते आइतवार
प्रतिक्रिया