आशिष के.सी
पौष ८ दाङ,/ तुलसीपुर उपमहानगरपालिका ३ पैयाखोरेका अतिविपन्न घरपरिवारलाई हेल्पीङ हेन्ड्स दाङले सहयोग गरेको छ । संस्थाले पितमान विक र पार्वती विक सहित उहाँका २ छोरा र १ छोरीलाई जाडो याममा लगाउने न्यानो कपडाहरु, खाद्यन्न र शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेको हो ।
हेल्पीङ हेन्ड्स दाङका पदाधिकारीहरुको आफनै सहयोगमा भएको उक्तm कार्यमा न्यानो कपडाहरु हेल्पीङ हेन्ड्स दाङका उपाध्यक्ष विशाल केसीले सहयोग गर्नुभएको थियो भने खाद्यन्न सल्लाहकार शालीकराम गौतमले आफनो जन्मदिनको अवसरमा सहयोग गर्नुभएको थियो ।
उक्तm सहयोग वितरण कार्यमा हेल्पीङ हेन्ड्स दाङकी अध्यक्ष प्रतिक्षा पौडेल, उपाध्यक्ष विशाल केसी, कोषाध्यक्ष शिशिर रावत, सचिव प्रमोद आचार्य, सल्लाहकारहरु शालिकराम गौतम, हेमराज शाहु सदस्यहरु उर्मिला पोखे्रल, टिटिक्षा भट्राइ, दिपेश ढकाल, सुदन न्यौपाने, पदम चन्द लगाएतको सहभागिता रहेकोथियो । २०७२ सालमा झापाको बिर्तामोडमा स्थापना भएको संस्थाले हाल दाङ लगाएत देशका विभिन्न १५ ओटा जिल्लामा आफनो शाखा विस्तार गरीसकेको छ ।