जिओना थप्छन्, ‘म आफूलाई भाग्यशाली ठान्छु, मेरो परिवार विश्वकै सबैभन्दा ठूलो र आदर्श परिवार हो ।’ उनको परिवारबारे अर्को रोचक प्रसंग पनि अनलाइनहरूले उल्लेख गरेका छन् । त्यो हो, निर्वाचनमा सबैले एउटै उम्मेदवारलाई मतदान गर्नु । नेपालमा हाल निर्वाचनको वातावरण छ । दलैपिच्छे परिवारका सदस्यहरू विभाजित छन् । तर, उनको परिवारमा यो फिटिक्कै छैन ।

यो सबैका लागि मननयोग्य कुरो भइहाल्यो । जिओना भन्छन्, ‘मेरो परिवारका सबै सदस्यले हालसम्म हालसम्म एउटै व्यक्तिलाई मत दिने गर्छन् ।’ त्यसैले निर्वाचनको बेला उनको परिवारको महत्त्व झनै बढ्ने गरेको छ । यसले एकताको सन्देश पनि दिएको छ ।

खालेज टाइम्सले अनलाइन रिपोर्टहरूलाई उद्धृत गर्दै जिओना आफ्ना चार पिँढीका परिवारसँग सगोलमा बस्नु धेरैका लागि शिक्षा लिने सामग्री भएको जनाएको छ । ‘परिवार आत्मनिर्भर छ, आफूलाई चाहिने खाद्य पदार्थका लागि आफैंले मिलिजुली खेतीपाती गर्छन्,’ अनलाइनले लेखेको छ । यत्रो ठूलो परिवारलाई पाल्नु भनेको चानचुन कुरो पक्कै हैन । जिओनाको अर्को रोचक प्रसंग भनेको विवाह हो । उनले ३९ जना श्रीमती कसरी भित्र्याए ? धेरैको जिज्ञासा यही नै रहने गरेको छ ।

यसबारे उनी भन्छन्, ‘गाउँकी निर्धन महिलासँग विवाह गर्छु र तिनलाई चाहिने सबै कुरोको चाँजोपाँजो पनि मिलाउँछु । विशाल बैजनी कंक्रिटबाट निर्मित मेरो जिओना हबेलीमा नव आगन्तुक श्रीमतीलाई सबैले हाँसीखुसी स्वागत गर्छन् । सम्मान पनि ती सबैले बराबरै पाउँछन् ।

एजेन्सीकाे सहयाेगमा