२०८३ कार्तिक ९ गते आइतवार

जिल्ला अस्पताल रोल्पाको आधुनीक भवन बन्ने

मनिषा राई, रोल्पा,१९ मंसीर । जीर्ण भवनमा रहेर सेवा दिईरहेको जिल्ला अस्पताल रेउघा रोल्पामा ५० शैयाको लागि नयाँ भवन निर्माण हुने भएको छ । २९ करोड ५१ लाख २२ हजार ४ सय ८२ रुपैयाँ २२ पैसाको लागतमा तयार हुने आधुनिक भवनको निर्माण कार्य सुरु गरिएको हो । ‘चारवटा अलग अलग बिल्डिङ तयार गरिने छ । अस्पताल भवन, क्यान्टिन ब्लक, स्टाफ क्वाटर र पोष्र्टमार्टम भवन बन्ने छ ।’ भवन निर्माण गरिरहेको शहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख ईश्वरराज जोशिको भनाइ छ । ४ हजार ५ सय ८४ वर्गमिटर क्षेत्रफलमा बन्दै गरेको भवनको जिम्मेवारी आशिस श्री जयन्ति ड्रागन जेभिले लिएको छ । “साईट दिईसकेका छौ । काम सुरु भएको छ । प्राविधिक पाटोमा कुनै कमजोरी हँुदैन । बिगतका निर्माणहरुमा ढिलाई भए जस्तो अब हुन दिदैंनौं । २०७७ असोज मसान्त सम्म भबन तयार भएर हस्तान्तरण हुनेछ ।” जोशिले भन्नुभयो । हाल १५ शैयाको मात्र रहेको जिल्ला अस्पतालमा आधुनिक भवन निर्माण भएपछि शैंया र सेवा थप हुनेछ । जसबाट हालसम्म जिल्ला स्वास्थ्य कार्यालयको मातहतमा रहने १५ शैयाको अस्पताल स्वतन्त्र समेत हुनेछ । १५ शैयाको रोल्पा अस्पतालमा बिरामी राख्ने ठाउँ नहुँदा उपचारमा समस्या हुने गरेको छ । अब ५० शैंयाको अस्पताल बनेपछि बिरामीसँगै आफूहरुलाई पनि सेवा प्रवाहमा सहजता आउने जिल्ला अस्पताल रोल्पाका सिनियर अहेव कुलबहादुर डागीले बताउनुभयो ।

प्रकाशित मिति : २०७४ मङ्सिर १९ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।