काठमाडौ, १८ चैत । विश्वभर कोरोना भाइरसको सङ्क्रमणदर केही कम भएको जस्तो भएपनि सङ्क्रमित हुने दर भने कम हुन सकेको छैन । विश्वभरि नै हाल सम्म ४८ करोड ८७ लाख ७३ हजार मानिसहरू मानिस सङ्क्रमित भएका छन् । यस्तै सङ्क्रमित भएर पनि ४२ करोड ३८ लाख ५१ ह्जार मानिस भने उपचार पछि निको भएका छन् । हाल सम्म विश्वभर कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या भने ६१ लख ६७ हजार ९ सय १८ पुगेको छ । कोरोनाको कारण अमेरिकामा मात्रै १० लाख मानिसको मृत्यु भएको छ ।
यस्तै भारतमा मात्रै कोरोनाको कारण ५ लाख २१ हजारको मृत्यु भएको छ । ब्राजिलमा ६ लाख ५९ हजार मानिसको कोरोनाको कारण मृत्यु भएको छ । यसैगरि रसियामा ३ लाख ६९ हजार मानिसको मृत्यु भएको कोरोना सम्बन्धि तथ्याङ्क अद्यावधिक गराइरहेको वलेमिट्रर्सले जनाएको छ ।
प्रकाशित मिति : २०७८ चैत्र १८ गते शुक्रवार





