२०८३ असार १३ गते शनिवार

किभमा कफ्र्यू लगाउने निर्णय 

काठमाडौ, १ चैत ।युक्रेनको राजधानी किभमा कफ्र्यू लगाउने निर्णय भएको छ । स्थानीय समय अनुसार राति ८ बजेदेखि कफ्र्यू लगाउने निर्णय भएको बीबीसीले जनाएको छ । आज रुसले आक्रमण गरेपछि कफ्र्यू लगाउने निर्णय भएको खबरमा उल्लेख छ । यो सँगै अब विशेष कामबाहेकका लागि घर बाहिर निस्कन रोक लगाइएको मेयर भिटाली किस्कोले बताउनुभयो । रुसले आज किभमा आवासीय भवन र मेट्रो स्टेशनमा शक्तिशाली विस्फोट गराएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।शहरको एउटा भवन भएको आक्रमणमा परेर दुई जनाको मृत्यु भएको आपतकालीन सेवाहरूले बताएका खबरमा उल्लेख छ ।

प्रकाशित मिति : २०७८ चैत्र १ गते मङ्गलवार
प्रतिक्रिया