विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या ३३ करोड नाघ्यो

फाईल फोटो

काठमाण्डौ,४ माघ । विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ३३ करोड नाघेको छ । पछिल्लो समय विश्वका विभिन्न मुलुकमा कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या झन्डै २२ लाखका दरले थपिन थालेका छन् । जसका कारण ३ देखि ४ दिनमै विश्वभर एक करोड नयाँ सङ्क्रमित थपिने क्रमले तीव्रता पाएको छ ।

गत २४ घन्टामा मात्रै विश्वभर १९ लाख ७३ हजार ४ सय ७१ नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या ३३ करोड १२ लाख ५८ हजार ३ सय ८२ पुगेको छ । यस्तै गत २४ घन्टामा विश्वभर थप ४ हजार ९ सय ७३ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने १२ लाख ८८ हजार २ सय ७९ जना स्वस्थ भएका छन् । हालसम्म विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५५ लाख ६३ हजार २ सय १२ पुगेको छ भने २६ करोड ८९ लाख ६५ हजार ४ सय ४४ जना स्वस्थ भएका छन् ।

प्रकाशित मिति : २०७८ माघ ४ गते मङ्गलवार
प्रतिक्रिया