विश्वभर एकै दिन ३१ लाखभन्दा धेरै कोरोना सङ्क्रमित थपिए

काठमाडौं २९ पुस । विश्वभर ३१ लाखभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् । गत २४ घण्टामा यो खबर तयार पार्दासम्म ३१ लाख २६ हजार ३ सय ३२ जना नयाँ सङ्क्रमित थपिएका कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले जनाएको छ । योसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३१ करोड ७२ लाख ९० हजार ९ सय ५७ पुगेको छ । यस्तै २४ घण्टामा १० लाख २५ हजार २ सय ९७ जना निको भएसँगै कोरोना जित्नेको सङ्ख्या २६ करोड २७ लाख ६९ हजार ६ सय ४५ पुगेको छ ।

७ हजार ८ सय ५५ जना सङ्क्रमित २४ घण्टामा थपिएसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५५ लाख २९ हजार ८ सय १७ पुगेको छ । गत २४ घण्टामा सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ८ लाख १४ हजारमा सङ्क्रमण पुष्टि भएको छ । त्यसपछि फ्रान्समा ३ लाख ६१ ह्जार र भारतमा २ लाख ४१ ह्जारमा सङ्क्रमण पुष्टि भएको वल्डोमिटरले उल्लेख गरेको छ । अझै पनि विश्वभर ४ करोड ८९ लाख सक्रिय सङ्क्रमित रहेकामा ९६ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति : २०७८ पुष २९ गते बिहिवार
प्रतिक्रिया