ग्रीसमा कोरोनाविरुद्धको खोप नलगाउने नागरिकलाई जरिवाना तिराइने

फाइल फोटो

काठमाण्डौ, १६ मंसीर । ग्रीसले ६० वर्ष उमेर माथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप अनिवार्य लगाउनुपर्ने निर्णय गरेको छ । १ करोड १० लाख नागरिकले पूर्ण खोप लगाएको भनिएपनि ५ लाख २० हजार नागरिकले खोप नलगाएको पाइएपछि यो निर्णय गरिएको त्यहाँको प्रधानमन्त्रीले बताउनुभएको छ । अब ६० वर्ष माथिका खोप नलगाउने नागरिकलाई प्रति महिना एक सय यूरो जरिवाना तिराउने त्यहाँको सरकारले जनाएको छ । यो रकम स्वास्थ्य संयन्त्रमा पठाउने पनि निर्णय भएको बीबीसीले जनाएको छ ।

यस्तै बेलायत सरकारले बाहिरबाट जाने सबै यात्रुलाई कोरोनाको नेगेटिभ रिपोर्ट नआएसम्म आइसोलेशनमा बस्नुपर्ने निर्णय गरेको छ । विभिन्न देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि हुन थालेपछि बेलायतले बाहिरबाट जाने यात्रुलाई कोरोनाको अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने र पोजेटिभ रिपोर्ट आए, नेगेटिभ रिपोर्ट नआएसम्म आइसोलेशनमा बस्नुपर्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १६ गते बिहिवार
प्रतिक्रिया