तुलसीपुर,२२ असोज ।
दाङमा रगतको अभाव देखिएको छ। जिल्लामा बी पोजेटिभ र ओ पोजेटिभ रगतको अभाव भएको जिल्लामा रहेका दुई रक्त सञ्चार केन्द्रहरुले जनाएका छन । रक्त सञ्चार केन्द्र तुलसीपुर र घोराहीले ओ र वि पोजेटिभ रगत जिल्लामा अहिले अभाव रहेको वताएका छन ।
चाड पर्वमा घटना दुर्घटा बढि हुने र दाताहरु पनि चाडपर्व मनाउन लाग्दा आबश्यक परेको पेला रगतको अभाव भएको रक्त सञ्चार केन्द्र तुलसीपुरका इन्चार्ज सितम रेग्मीले बताउनुभयो । अन्य समुहको रगतको भने अभाव नरहेको उहाले बताउनुभयो । रगत अभाव हुदा विरामीहरुले सास्ती खेप्नु परेको छ।
प्रकाशित मिति : २०७४ असोज २२ गते आइतवार