नर्वेमा धनुषवाणको आक्रमणबाट पाँच जनाको मृत्यु ,दुई जना घाईते

फाइल फोटो

काठमाण्डौ, २८ असोज । नर्वेको राजधानी ओस्लोबाट दक्षिण पश्चिमी क्षेत्रमा पर्ने कोङग्सबेर्गमा आक्रमण हुँदा पाँच जनाको ज्यान गएको छ ।दुई जना घाइते भएका छन् । आक्रमणमा संलग्न रहेको आशङ्कामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार एक जनाले मात्रै आक्रमण गरेको देखिएको अन्र्तराष्ट्रिय संचार माध्यमले समाचारमा लेखेका छन् । तर आक्रमणको उद्देश्य थाहा हुन नसकेको प्रहरीले जनाएको पनि समाचार छ । आक्रमणकारीले धनुषवाणले आक्रमण गरेका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असोज २८ गते बिहिवार
प्रतिक्रिया