२०८३ भाद्र २६ गते शुक्रवार

तुलसीपुरका मेयरद्धारा विद्यालय भवनको शिलान्यास

तुलसीपुर, २३ असोज । तुलसीपुर उपमहानगरपालिका–३ तुलसीपुर स्थित माध्यामिक विद्यालय प्रतापकोटमा विद्याल भवनको शिलान्यास गरिएको छ । भवनको शिलान्यास गर्दै तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले प्रतापकोटको हरेक समस्यासंग नजिक रहेकाले यहाँको शैक्षिक, भौतिक, स्वास्थ्य लगाएतका हरेक क्षेत्रको विकासका लागि सधै लागि पर्ने बताउनुभयो । विद्यालयमा प्राविधिक शिक्षा पठनपाठनका लागि विद्यालय तयार भएमा तुलसीपुर उपमहानगरपालिकाको तर्फबाट १५ लाख रुपैयाँ उपलब्ध गराउने बताउँदै नगर प्रमुख पाण्डेले विद्यालयको शैक्षिक र भौतिका विकासमा कुनै कमि हुन नदिने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलामणी बाँठाको अध्यक्षतामा भएको कार्यक्रममा छायाँ नेपालका निर्देशक कमल थापा, तुलसीपुर उपमहानगरपालिका–३ का वडा अध्यक्ष बीरबहादुर विक(विजय), तुलसीपुर उपमहानगरपालका शिक्षा समितिका संयोजक कुमार लामीछाने, विद्यालयका प्रधानाध्यापक फष्ट बहादुर राना लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको संचालन विद्यालयक शिक्षक टेकबहादुर विकले गर्नु भएको थियो । छायाँ नेपालको १ करोड ४३ लाख लागतमा विद्यालयमा ८ कोठे पक्की भवन निर्माण हुन लागेको हो ।

छायाँले अहिलेसम्म २४ वटा विद्यालयमा भवन निर्माण गरिसकेको छ । यो भवन एक बर्षभित्र निर्माण गर्ने सम्झौता भएको छ । भौगोलिक बिकट, सडक संजालले नोछाएको र स्थानीयको पहुँच नरेको ठाउँमा छायाँ नेपालले शिक्षा र स्वास्थ्यमा काम गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २०७८ असोज २३ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।