२०८३ कार्तिक ९ गते आइतवार

रक्त सन्चार केन्द्रबाट पन्ध्र विरामीले सेवा लिए

लक्ष्मण विश्वकर्मा,१८ असोज । तुलसीपुरमा रक्त सन्चार सेवा केन्द्र सन्चालनमा आएको एक महिना नपुग्दै एक दर्जन वढि सेवाग्राहीले सेवा लिएका छन् । राप्ती अन्चल अस्पताल परिसरमा संचालन गरीएको कालिकादेवी रक्त सन्चार केन्द्रबाट हाल सम्म विभिन्न प्रकृतिका विरामी गरी १५ जनाले सेवा लिएको ब्लड बैङकका प्राविधिक सितम रेग्मीले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा दाङले गत भदौ १९ गते ब्लड बैंङक सन्चालनमा ल्याएको हो । ब्लड बैङकबाट ए पोजेटिभ ,बि पोजेटिभ,ओ पोजेटिभ समुहको ब्लड सेवा दिईरहेको प्राविधिक रेग्मीले जानकारी दिनुभयो । उहाका अनु्सार एमोनियाका बिरामी र सुत्केरीले आबश्यकता अनुसार सेवा लिईरहेका छन् । बिरामीलाई आवश्यक पर्ने बित्तिकै सेवा प्रवाह गर्न सकिने ब्लड बैंक ईन्चार्ज दिलिप न्यौपानेले जानकारी दिनुभयो । आवस्यक परेको बेला ब्लड पाएपछि घोराही जाने बाध्यता हटेको भन्दै खुसी भएको सर्वसाधरणहरु बताउछन । तुलसीपुरमा रक्त संचार केन्द्र सन्चालनमा आए देखी हाल सम्म ४४ जनाले रक्तदान गरेका छन् ।  

प्रकाशित मिति : २०७४ असोज १८ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।