२०८३ बैशाख ६ गते आइतवार

प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलिय बैठकमा एमाले अनुपस्थित

फाइल फोटो

काठमाण्डौ, १४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलिय बैठकमा प्रमुख प्रतिपक्ष दल एमाले अनुपस्थित भएको छ । यस अघि पनि प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलिय बैठक बहिस्कार गरेको एमालले यस पटक पनि बहिस्कार गरेको छ । आफूले कारबाही गरेका १४ जना सांसदहरुलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै एमालेले गएको भदौ २३ गतेदेखि सङ्घीय संसद्का बैठकहरुमा निरन्तर अवरोध गर्दै आएको ।

एमालेको अवरोधका कारण संसद चल्न नसकेपछि प्रधानमन्त्री देउवाले निकासका लागी सर्वदलिय बैठकको आह्वान गर्नुभएको थियो । विहिवार विहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा भएको वैठकमा सत्तारुढ दलहरु सहभागि भएका थिए ।

बैठक पछि सरकारका प्रवक्ता एवं कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले संवाद र वार्ताबाट पर भाग्न खोजेको बताउनु भएको हो । उहाका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षसँग निरन्तर संवाद गरेर निकास खोज्ने बताउनुभयो । बैठकले संसद् सञ्चालन विषयमा जिम्मेवार ढङ्गले प्रस्तुत हुन एमालेलाई आग्रह पनि गरेको छ ।

प्रकाशित मिति : २०७८ असोज १४ गते बिहिवार
प्रतिक्रिया