महिलाहरूको शिक्षाका लागि तालिबानको नयाँनियमः पुरुषसँग बसेर पढ्न नपाइने

काठमाण्डौ,२८ भदौ । तालिबानले महिला विद्यार्थीका लागि नयाँ नियमको घोषणा गरेको छ । नयाँ नियम अनुसार महिला र पुरुष सँगसँगै बसेर पढ्न नपाउने भएका छन् । तालिबानले विश्वविद्यालयलाई लिङ्गको आधारमा विभाजन गरिने र पोषाक सम्बन्धी नयाँ नियम लागु गरिने बताएको छ फगानिस्तानका उच्च शिक्षा मन्त्रीअब्दुलबाकी हक्कानीले महिलालाई पनिअध्ययनगर्न अनुमतिदिने सङ्केत गर्नुभयो । तर, नयाँनियमका साथमात्रै उनीहरूले अध्ययनगर्न पाउने भएका छन् । उहाँले विद्यार्थीलाई अध्यापन गरिने विषयहरूको बारेमा समिक्षा गरिने पनि घोषणा गर्नुभयो । तालिबानले पहिलो पटक १९९६ देखि २००१ सम्म सत्ता सम्हाल्दा महिला र बालिकाहरूलाई विद्यालय र विश्वविद्यालय जानबाट प्रतिबन्ध लगाएको तालिबान यसपटक भने केही नरम देखिएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र २८ गते सोमवार
प्रतिक्रिया