अछाममा परीक्षा फारम भरेका विद्याथीको प्रवेश पत्र नआएपछि परीक्षा दिनबाट बञ्चित

काठमाण्डौ,२३ भदौ । अछामको सदरमुकाम मंगलसेनमा रहेको अछाम बहुमुखी क्याम्पसमा परीक्षाको फारम भरेका विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । स्नातकोत्तर तहको तेस्रो सेमेस्टरका लागि परीक्षाको फारम भरेका विद्यार्थीहरूले परीक्षा दिन नपाएका हुन् । स्नातकोत्तरको पहिलो र दोस्रो सेमेस्टरको परीक्षा दिनुभएका मंगलसैन नगरपालिका वडा नम्बर ९ का सविता भट्टराईले स्नातकोत्तर तेस्रो सेमेस्टरको परीक्षा दिन क्याम्पस पुगेपनि प्रवेश पत्र नभेटिएको बताउनुभयो ।

परीक्षा दिनका लागि होम सेन्टरमा पुगेकी भट्टराईको मात्रै नभई अन्य ४ जना विद्यार्थीको समेत प्रवेश पत्र नभेटिँदा उनीहरू पनि परीक्षा दिनबाट वञ्चित भएका छन् । क्याम्पसको लापरबाहीका कारण परीक्षा प्रवेश पत्र नआएपछि यस अघिको सेकेन्ड सेमेस्टरको परीक्षामा सहभागी हुन नपाएको विद्यार्थीको छ । परीक्षार्थीहरुले परीक्षामा सहभागी हुनका लागि आवश्यक सबै प्रक्रिया पुरा गरेका थिए , तर उनीहरूको प्रवेश पत्र नआएको उनीहरुको गूनासो छ । काठमाण्डौ,२३ भदौ । अछामको सदरमुकाम मंगलसेनमा रहेको अछाम बहुमुखी क्याम्पसमा परीक्षाको फारम भरेका विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । स्नातकोत्तर तहको तेस्रो सेमेस्टरका लागि परीक्षाको फारम भरेका विद्यार्थीहरूले परीक्षा दिन नपाएका हुन् । स्नातकोत्तरको पहिलो र दोस्रो सेमेस्टरको परीक्षा दिनुभएका मंगलसैन नगरपालिका वडा नम्बर ९ का सविता भट्टराईले स्नातकोत्तर तेस्रो सेमेस्टरको परीक्षा दिन क्याम्पस पुगेपनि प्रवेश पत्र नभेटिएको बताउनुभयो । परीक्षा दिनका लागि होम सेन्टरमा पुगेकी भट्टराईको मात्रै नभई अन्य ४ जना विद्यार्थीको समेत प्रवेश पत्र नभेटिँदा उनीहरू पनि परीक्षा दिनबाट वञ्चित भएका छन् । क्याम्पसको लापरबाहीका कारण परीक्षा प्रवेश पत्र नआएपछि यस अघिको सेकेन्ड सेमेस्टरको परीक्षामा सहभागी हुन नपाएको विद्यार्थीको छ । परीक्षार्थीहरुले परीक्षामा सहभागी हुनका लागि आवश्यक सबै प्रक्रिया पुरा गरेका थिए , तर उनीहरूको प्रवेश पत्र नआएको उनीहरुको गूनासो छ ।

प्रकाशित मिति : २०७८ भाद्र २३ गते बुधवार
प्रतिक्रिया