अफगानिस्तानमा बाढीमा परी ६० जनाको मृत्यु

काठमाण्डौ, १५ साउन । अफगानिस्तानमा बाढीमा परि ६० जनाको ज्यान गएको छ । कयौँ वेपत्ता भएका छन् । पूर्वी अफगानिस्तानको नुरिस्तान प्रान्तको कामदिश घाटीमा बाढी आएको बीबीसीले जनाएको छ । बाढीका कारण कयौँ घर भत्किएका छन् ।विद्रोही समूह तालिबानको नियन्त्रणमा रहेको त्यो क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएकाले थप अरु जानकारी आएको छैन ।

बाढीमा हराएकाहरुको खोजी भइरहेको र विस्थापितलाई राहत वितरण गर्न अनुमति दिने तालिबानका प्रवक्ताले बताएका खबरमा उल्लेख गरिएको छ ।दुर्गम भएका कारण बाढीग्रस्त क्षेत्रमा राहत सामग्री पुर्याउन चुनौती रहेको अफगानिस्तानका सरकारी अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति : २०७८ साउन १५ गते शुक्रवार
प्रतिक्रिया