विश्वभर कोरोनाले मृत्यु हुनेको सङ्ख्या ४२ लाख नाघ्यो ।।

काठमाण्डौं १४ साउन । विश्वभर कोरोना भाइरसको सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या ४२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ९ हजार ८९९ जनाको मृत्यु भएसँगै विश्वभर सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४२ लाख २ हजार ५ सय ६५ पुगेको छ ।

खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन ।बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा सङ्क्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि महामारी बढ्न थालेको छ ।पछिल्लो २४ घण्टामा त्यहाँ ७६ हजार ५ सय७८ जनानमा सङ्क्रमण भएको छ । यस्तै थप ४ सय ७२ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा ६ लाख २८ हजार ८३ जनाको मृत्यु भइसकेको छ । यसैगरी ब्राजिलमा ५ लाख ५३ हजार २ सय ७२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ साउन १४ गते बिहिवार
प्रतिक्रिया