वर्षासँगै आएको बाढीले चीनमा १२ जनाको मृत्यु

फाईल फोटो

काठमाण्डौ, ६ साउन । वर्षासँगै आएको बाढीका कारण चीनको मध्य क्षेत्रको जनजीवन प्रभावित भएको छ । बाढीका कारण स्थानीय बासिन्दाहरु घर छोडेर सुरक्षित स्थानमा जान बाध्य भएका छन् भने रेलवे स्टेशन र सडकमार्गहरु बन्द भएका छन् ।अत्याधिक वर्षासँगै आएको बाढीबाट जोगाउनका लागि हेनान प्रान्तमा १० हजार भन्दा बढि मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको चिनियाँ अधिकारीहरुले बताएका छन् । बाढीका कारण जङ्गजाउ शहरमा कम्तीमा १२ जनाको ज्यान गएको स्थानीय अधिकारीले पुष्टि गरेको अन्र्तराष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।

बाढीका कारण एक दर्जन भन्दा बढि शहरको जनजीवन प्रभावित भएको छ । सडक यातायात तथा हवाई सेवा बन्द भएका छन् । करिब ९ करोड ४० लाख मानिसको बसोबास रहेको हेनान प्रान्तले उच्च तहको मौसमी चेतावनी जारी गरेको छ ।बाढी आउनमा धेरै कारणहरु रहे पनि जलवायु परिवर्तनका कारण बढेको तापक्रमले भीषण वर्षाको क्रम भने तीव्र बनाएको विज्ञले बताएका छन् ।सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरहरुमा बाटो डुबानमा परेको तथा गेग्रानले तीव्र गतिमा आएको पानीको मार्ग परिवर्तन गराएको देखिएको छ ।

प्रकाशित मिति : २०७८ साउन ६ गते बुधवार
प्रतिक्रिया