तुलसीपुरको टरिगाउँ एयरपोर्टमा हवाई इन्धन डिपो निर्माणका लागि टयाङ्क आइपुगेको छ । ३ करोड १२ लाख लागतमा इन्धन भण्डारण गर्नका लागि बन्डेड स्टोरेज टयाकङ्क आईपुगेको नेपाल आयल निगमका प्रबन्धक मनोहर डिसीले जानकारी दिनुभयो । तेल भण्डारण टयाङ्कको क्षेमता ३० हजार लिटरको छ ।
स्टोरेज टयाङ्क र बाउजर खरिदका लागि निगमले आर्थिक बर्ष२०७६।०७७ मा टेण्डर आब्हान गरेको थियो । कोभिड कारण ६ महिना ढिलो आएको प्रबन्धक डाँगीले बताउनुभयो । भारतको टाईटेन एशिया कम्पनी मार्फत बन्डेड स्टोरेज टयाङ्क तुलसीपुरमा आईपुगेको हो । यो अन्डरग्रउण्डेड हुन्छ । यो टयाङक बनीबनाउ भएकाले अन्यत्र पनि लैजान मिल्ने निगमले बताएको छ ।
टयाङक आएसंगै अब निर्माणको काम पनि केहि दिनमा सुचारु हुने निगमले बताएको छ । टेण्डर आब्हान गरेर पनि प्राविधिक मुल्याङ्कन भइसकेकाले अबको १५ दिनभित्र निर्माण कम्पनिसंग सम्झौता गर्ने प्रबन्धक डाँगीले बताउनुभयो । नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच कठ्ठा जग्गा उपलब्ध गराएपछि तुलसीपुरको टरिगाउँ एयरपोर्टमा हवाई इन्धन डिपो निर्माणकालागि चैत्र २० गते सर्भे गरिएको थियो ।





