२०८३ भाद्र ११ गते बिहिवार

तुलसीपुर मेट्रो अस्पताललाई एक करोड बजेट

तुलसीपुर, ५ असार । भिमसेन शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र तुलसीपुर मेट्रो अस्पताललाई एक करोड बजेट बिनियोजन गरिएको छ । लुम्बिनी प्रदेश सरकारको सार्वजनिक गरेको आर्थिक बर्ष २०७८÷०७९ को बजेटमा अस्पतालाई उक्त बजेट विनियोजन गरिएको हो ।

त्यसैगरी मेट्रो अस्पतालसम्म सडक कालोपत्रे गर्न ५० लाख बजेट विनियोजन गरिएको छ भने अश्वारा खैरीपुर सडक पक्की गर्न १० लाख बजेट विनियोजन गरिएको छ ।

यसैगरी अश्वारादेखि कटकुइयाँ हुँदै प्रतापकोट जोड्ने सडक कालोपत्रेका लागि २५ लाख, टिकरीमा डिपबोरीङ निर्माण २४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको सिफारिसमा लुम्बिनी प्रदेश सरकारले बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : २०७८ असार ५ गते शनिवार
प्रतिक्रिया