तुलसीपुर, ३ असार । दाङको तुलसीपुरमा ३६ कारोड लागतमा औद्योगिक ग्राम बन्ने भएको छ । तुलसीपुर उपमहानगरपालिकामा आयोजना गरिएको विस्तृत परियोजना छलफल प्रतिवेदन छलफल कार्यक्रममा यस्तो जानकारी दिइएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ जहदागाउँमा रहेको साढे ११ विघाह जग्गामा १०२ वटा घरेलु, लघु तथा साना मझौला उद्योगहरु अटाउनेगरी बन्ने औद्योगिक ग्राम निर्माण गर्न ३६ करोड ९७ हजार लागत लाग्ने विस्तृत प्रतिवेदन (डिपिआर) मा उल्लेख गरिएको छ ।
औद्योगिक ग्राममा सार्वजनिक, प्रशासनिक भवन, सुरक्षा गार्ड भवन, क्यान्टीन, बच्चाको हेरचाहका लागि भवन, स्वास्थ्य चौंकी, वित्तीय संस्थाको भवन, खानेपानीको ओभरहेड टयाङकी, ढल निकास सहितको नाला, ११ केभिको विद्युत लाइन विस्तार संरचना बन्नेगरी डिपिआर तयार गरिएको डिआर एस डेप्लपर्स एण्ड डिजाइनर्सका इन्जिनियर मणि पौडेलले जानकारी दिनुभयो ।
छलफलमा सहभागीले वक्ताले तुलसीपुरकै गौरबको योजना भएको भन्दै प्रसंशा गरेका थिए । उद्योग निर्माण गरेपनि सडक, विद्युत र पानीका कारण संचालनमा आउन महिनौ लाग्ने गरेकाबेला उद्योग ग्राम निर्माणले यस क्षेत्रको व्यापारिक प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने उनिहरुले बताएका थिए ।
नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसे, संघका पूर्व अध्यक्ष बिमल रिजाल, तुलसीपुर उपमहानगरपालिकाका १६ का अध्यक्ष भुपबहादुर केसी, १८ का वडा अध्यक्ष माधव वली, लगाएतले बोलेका थिए ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।