चीनद्वारा नेटोको प्रतिवाद

बीबीसी, १ असार । बेइजिङलाई जोखिमका रूपमा देखाए पनि नेटो गठबन्धनले चीनसँग नयाँ शीतयुद्ध नचाहेको जनाएको छ  । बेइजिङलाई जोखिमका रूपमा देखाए पनि नेटो गठबन्धनले चीनसँग नयाँ शीतयुद्ध नचाहेको जनाएको छ ।

नेटोका नेताहरूले बेइजिङबाट “प्रणालीगत चुनौती“’ आइरहेको भन्दै चेतावनी दिएपछि चीनले नेटोमाथि आफ्नो शान्तिपूर्ण विकासको अपमान गरेको आरोप लगाएको छ।

नेटोले आणविक अस्त्र विकास गर्नेसहितका चीनका कामले ‘विधिमा आधारित अन्तर्राष्ट्रिय व्यवस्था’ लाई खतरामा पारेको बताएको थियो। तर चीनले नेटोले आफूबारे अतिरञ्जना गरेको दाबी गरेको छ।

चीनलाई नेटोले आफ्नो छलफलको विषयवस्तुको केन्द्रमा पहिलो पटक राखेको हो। नेटोको चेतावनीको प्रतिवाद गर्दै चीनले आफ्नो रक्षानीति ‘प्रतिप्रक्षात्मक स्वरूपको’ रहेको भन्दै नेटोलाई आफ्नो शक्ति ’संवाद प्रवर्धनका लागि ’ प्रयोग गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : २०७८ असार १ गते मङ्गलवार
प्रतिक्रिया