बन्दुकधारीहरुको आक्रमणमा परि नाइजेरियामा कम्तीमा ८८ जनाको मृत्यु

सांकेतिक फाईल फोटो

काठमाण्डौ, २३ जेठ । बन्दुकधारीहरुको आक्रमणमा परि नाइजेरियामा कम्तीमा ८८ जनाको मृत्यु भएको छ ।देशको उत्तर पश्चिमी क्षेत्रमा पर्ने केब्बी राज्यमा भएको घटनामा परि अरु कैयौँ घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् । डाको–वासागु क्षेत्रमा विभिन्न आठ समुदायका उच्छृङ्खल समूहहरुबीच भिडन्त भएको प्रहरीको भनाई छ । घटनास्थलबाट प्रहरीले सुरुमा ६६ ओटा शव निकालेको बताएको थियो । तर पछि ८८ शव निकालिएको स्थानीय प्रहरीले जनाएको अन्तराष्ट्रिय सञ्चार माध्यमले खबर लेखेका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ २३ गते आइतवार
प्रतिक्रिया