भारतमा कोरोना कम हुन थालेपछि लकडाउन खुकुलो पारिदै

काठमाण्डौ, २१ जेठ । भारतमा पछिल्लो केही दिन यता कोरोना सङ्क्रमितको संख्या र मृत्युदर घट्दो दरमा देखिएको छ । पछिल्लो २४ घण्टामा भारतमा १ लाख ३१ हजार ३७१ जना नयाँ सङ्क्रमित थपिएको कोरोनाको तथ्याङ्क अद्यावधि गरिरहेको वल्र्डओ मिटरले जनाएको छ । भारतमा मृत्यु दर पनि घट्दो दरमा देखिएको छ। भारतमा पछिल्लो २४ घण्टामा २७ सय ६ को मृत्यु भएको छ।

कोरोना सङ्क्रमणदर घट्न थालेपछि केही प्रान्तहरुमा जारी लकडाउन खुकुलो पार्न थालिएको छ । कोरोना सङ्क्रमणको जोखिम कम रहेका क्षेत्रहरुमा दैनिक जनजीवन सहज बनाउन लकडाउन खुकुलो पार्न थालिएको हो । महाराष्ट्रराज्यका १८ जिल्लाहरुमा आजबाट लकडाउन अन्त्यको घोषणा गरिएको छ । मध्यप्रदेशमा १८ जेठबाट आधा कर्मचारी राखेर कार्यालय सञ्चालन गरिएको थियो । अब चरणवद्ध तरिकाले लकडाउन हटाइने बताईएको छ । विहारमा ८ जुनसम्मका लागि लकडाउनभएपनि खुकुलो पारिएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २१ गते शुक्रवार
प्रतिक्रिया