भारतमा अबदेखि सङ्क्रमितको उपचारमा प्लाज्मा थेरापी प्रयोग नहुने

काठमाण्डौ, ४ जेठ । भारतमा अबदेखि कोरोना सङ्क्रमितको उपचारमा प्लाज्मा थेरापी प्रयोग नहुने भएको छ । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) ले कोरोना सङ्क्रमितको उपचारका लागि प्लाज्मा थेरापी बन्द गर्ने बताएको हो । काउन्सिलले उपचारका लागिक्लिनिकल गाइडलाइन्समा परिवर्तन गर्दै प्लाज्मा थेरापी बन्द गर्ने निर्णय गरेको हो ।

आईसीएमआरका अनुसार प्लाज्मा थेरापीबाट कोरोना सङ्क्रमित बिरामीको स्वास्थ्यमा सुधार हुने कुनै प्रमाण फेला नपरेको हुँदा यस्तो निर्णय गरिएको हो । हालै मात्र मेडिकल जर्नल द लेसेन्टमा ५ हजार कोरोना सङ्क्रमित बिरामीमा गरिएको परीक्षणमा आधारित अनुसन्धान प्रकाशित भएको थियो । जसमा प्लाज्मा थेरापी कोरोना सङ्क्रमित बिरामीको उपचारमा खासै फाइदाजनक नरहेको उल्लेख गरिएको थियो ।

प्रकाशित मिति : २०७८ जेष्ठ ४ गते मङ्गलवार
प्रतिक्रिया