भारतमा आगामी तीन महिनामा कोरोनाले धेरै ठूलो क्षति पुग्न सक्ने आँकलन

काठमाण्डौ, २७ बैशाख । भारतमा आगामी तीन महिनामा कोरोनाले ठूलो क्षति हुन सक्ने आँकलन गरिएको छ । विश्व प्रसिद्ध मेडिकल जर्नल द ल्यासेन्टमा प्रकाशित एक अध्ययनका अनुसार भारतमा आगामी अगस्त महिनासम्म कोरोनाले ठूलो क्षति हुने अनुमान गरिएको छ । ल्यासेन्टले भारतमा आगमी अगस्तसम्म कोरोनाका कारण झन्डै १० लाखको मृत्यु हुने बताएको छ । भारतमा कोरोनाको दोस्रो लहरले भयावहस्थिति बनेको र सरकारले कुनैपनि ठोस कदम नचालेको भन्दै सरकारको आलोचना पनि गरिएको छ ।

अध्ययनमा विश्व स्वास्थ्य संगठनले तय गरेको मापदण्डको उल्लघंन भारत सरकारकै तर्फबाट भएको र कोरोनाले भयावहस्थिति बन्नुमा सरकार आफै जिम्मेवार रहेको पनि उल्लेख गरिएको छ । भारतमा पछिल्लो समय कोरोनाको दोस्रो लहरकै क्रममा विभिन्न राज्यमा देखिएको कोरोनाको नयाँ स्वरुपले थप समस्या बल्झिने हुँदा आउने समय भारतका लागि थप चुनौतीपूर्ण हुने ल्यासेन्टको अध्ययनमा भनिएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख २७ गते सोमवार
प्रतिक्रिया