बाँच्नका लागि १५ दिन लकडाउन गर्नुपर्छ : अध्यक्ष चालिसे

तुलसीपुर, ९ बैशाख । तुलसीपुर उद्योगबणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले करिब १५ दिन लकडाउन गर्नुपर्ने बताउनुभएको छ । रेडियो प्रकृति एफएमको बिचारमन्थन कार्यक्रममा बोल्दै अध्यक्ष चालिसेले बाँचेपछि व्यापार व्यवसाय गर्न सकिने भएकाले कोरोना महामारीबाट बच्न लकडाउनमा जानुको विकल्प नभएको बताउनुभयो ।

‘कार्यसमिती, पूर्व अध्यक्ष, र २३ वटा विभिन्न व्यापार उपसमितिसंगको संयुक्त बैठकले १५ दिन लकडाउन गरेमा कुनै फरक नपर्ने निर्णय गरेका छौ ।’ अध्यक्ष चालिसे भन्नुभयो ।

विगतको भन्दा फरक र कडाखालको कोरोना भएकाले आगामी दिन भयावह हुनसक्ने भन्दै यस तर्फ सजग हुनुपर्ने अध्यक्ष चालिसे बताउनुभयो । मास्क नलगाएर हिड्नेहरुलाई सामान्य भएपनि जारीवाना गर्नुनपर्ने बताउँदै सामाजिकदुरी कायम गरेर आफ्नो व्यवसाय गर्न व्यवसायीलाई आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २०७८ बैशाख ९ गते बिहिवार
प्रतिक्रिया