राजकुमार फिलिपः शनिवार अन्तिम संस्कार कहाँ र कसरी हुनेछ ?

बीबीसी, ३ बैशाख । गत साता शुक्रवार ९९ वर्षको उमेरमा निधन भएका महारानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको अन्तिम संस्कार एप्रिल १७ शनिवारका दिन हुन लागेको छ।

त्यसका लागि आवश्यक तयारीहरू भइरहेका छन्। उक्त समारोहबारे हामीलाई थाहा भएका कुरा यहाँ प्रस्तुत गरिएको छ। अन्तिम संस्कारको औपचारिक शाही समारोह एप्रिल १७ का दिन शनिवार ब्रिटिश समयानुसार दिउँसो ३ बजे (नेपाली समयानुसार साँझ ७ः४५ बजे) विन्डसर कासल परिसरमा रहेको सेन्ट जोर्जेज् च्यापलमा हुनेछ।

राजकुमार फिलिपको शव यतिखेर विन्डसर कासलस्थित प्राइभेट च्यापलमा राखिएको छ। राजकुमार फिलिपले आफ्नो अन्तिम संस्कारका बेला धेरै कोलाहल नगर्न र आफ्नो शवपेटिकालाई सर्वसाधारणले हेर्नेगरी समेत नराख्न अनुरोध गरेको बताइएको छ। अन्तिम संस्कार समारोह टेलिभिजनमार्फत् देखाइनेछ।

प्रकाशित मिति : २०७८ बैशाख ४ गते शनिवार
प्रतिक्रिया