नाइजेरियामा बन्दुकधारीले जेलमा आक्रमण गर्दा १८ सयभन्दा बढी कैदीबन्दी फरार 

सांकेतिक फाईल फोटो

काठमाण्डौं, २४ चैत ।नाइजेरियामा बन्दुकधारीहरूले एउटा जेलमा आक्रमण गरेपछि झन्डै १८ सयभन्दा बढीकैदीबन्दीहरू फरार भएका छन् । आक्रमणकारिहरू दक्षिण–पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा बिस्फोटकको प्रयोग गरेर भित्र पसेका थिए।हालसम्म भागेका ६ जना कैदिहरू फर्किएको बताइएको छ।३५ जनाले भने त्यहाँबाट भाग्न अस्विकार गरेका थिए।

बीबीसीले लेखे अनुसार हिजो बिहान पीकअप ट्रक र बस चढेर भारि हतियारसहित आएका आक्रमणकारीहरू ओवेरी कस्टोडीयल सेन्टर प्रवेश गरेका थिए।आक्रमणकारीहरुले रकेटबाट फ्याक्न सकिने ग्रेनेड, स्वचालित बन्दुक, बिस्फोटक पदार्थ र राइफल बोकेको पनि प्रहरीले बताएका छन्।राष्ट्रपति मोहम्मद बुहारीले आक्रमणलाई अराजकतावादीहरूले गरेकोआतङ्कवादको कार्य भनेर प्रतिक्रिया दिनुभएको छ। साथै उहाँले सुरक्षा निकायहरूलाई आक्रमणकारी र फरार भएका कैदीहरूलाई पक्रन निर्देशन पनि दिनुभएको ।

प्रकाशित मिति : २०७७ चैत्र २४ गते मङ्गलवार
प्रतिक्रिया